नेपालले भारत ‘ए’ विरुद्ध टस जितेर ब्याटिङ गर्दै

काठमाडाैं | साउन १, २०८०

नेपालले भारत ‘ए’ विरुद्ध टस जितेर ब्याटिङ गर्दै

काठमाडौं:     एसीसी इमर्जिङ टिम्स एसिया कपमा नेपालले भारत ‘ए’ सँगको खेलमा टस जितेको छ । श्रीलङ्काको आर प्रेमदासा रङ्गशालामा टस जितेर नेपालका कप्तान रोहित पौडेलले पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् । 


प्रतियोगितामा नेपाल शुक्रवार भएको पहिलो खेलमा पाकिस्तान ‘ए’ सँग ४ विकेटले पराजित भएको थियो । अब नेपालले तेस्रो खेलमा पर्सि बुधवार यूएईको ए’ टोलीसँग खेल्नेछ । नेपाल समूह ‘बी’ मा छ ।


त्यस्तै समूह ‘ए’ मा श्रीलङ्का, बङ्लादेश, अफगानिस्तान र ओमानका ‘ए’ टोली छन् । दुई समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । प्रतियोगिताको फाइनल खेल साउन ७ गते हुनेछ ।

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्